Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउले आज पनि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    आइतबार, चैत्र ३१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । दुई दिन लगातार बढेर नयाँ भाउ बनाएको सुन भाउ आज पनि नयाँ विन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

    आज सुनको भाउ प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कायम भएको महासंले जनाएको छ। शुक्रबार सुनको मूल्य एक लाख ८५ हजार रुपैयाँ थियो।

    आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेर एक हजार नौसय ६० रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार