भैरहवा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।
रुपन्देहीमा जारी फोनिजको आठौं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छन् । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।
यस्तै, प्रदेश १ को प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा भने आज निर्वाचन हुने बताइएको छ ।
लुम्बिनीमा आयोजित महाधिवे्शनमा फोनिजकका संघीय समिति, ८ प्रदेश, ६६ जिल्ला, ८ जातिय संस्थागत सदस्य र ८ प्रवास समितिबाट ५१७ जना प्रतिनिधिहरु तथा पर्यवेक्षकहरू उपस्थित छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend