Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानी तह कर्मचारी संघ बीरगंज महानगरको अध्यक्षमा गुप्ता चयन


    शनिबार, चैत्र ३० २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह कर्मचारी संघ नेपाल, बीरगञ्ज महानगरपालिका इकाई समितिको शुक्रबार सम्पन्न  चौथो अधिवेशनले पुनः मुकेश गुप्ताको १४ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ ।

    कार्यसमितिको उपाध्यक्षमा सुधीरजंग राणा, सचिवमा पवनकुमार प्रधान, कोषाध्यक्ष सुभद्रा बन्जरा, सहसचिवहरुमा मन्जित यादव र शेष अकबरलाई चयन गरेको छ ।

    त्यसैगरी, सदस्यहरुमा रमेशप्रसाद उपाध्याय, विनोद यादव, महम्मद दिलसाद एकवाल, नेहा उपाध्याय, सुशीला भण्डारी, खुस्बु श्रीवास्तव, रमेश गुप्ता र अजयकुमार सिंह चयन भएका छन् ।

    बीरञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनमा स्थानीय तह कर्मचारी संघका पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव शम्भु बराल पनि अतिथिका सहभागी भएको कार्यक्रमबाट सर्वसम्मतिले कार्यसमिति चयन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार