Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चैत मसान्तसम्म फेसबुकजस्ता सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने सञ्चारमन्त्रीको चेतावनी


    शुक्रबार, चैत्र २९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् ।

    रुपन्देहीमा आयोजित फोनिजको ८औँ महाधिवेशनलाई सम्बोधन गर्दै सञ्चार मन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिएका हुन् ।

    उनले भने, ‘ हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भइसक्यो। तर, कुनै जवाफ आएको छैन। चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौँ।’ सञ्चार मन्त्री गुरुङले सामाजिक सञ्जालमा जथाभाबी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरोध गर्नु परेको बताए ।

    उनले सामाजिक सञ्जाल अरू देशमा दर्ता भएर चल्ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि राजश्व बुझाउनु पर्ने बताए । ‘छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको छ। तर, नेपालमा बिना दर्ता नै चलिरहेको छ। अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ।’

    उनले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडियाहरू बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको भन्दै चलाउन कुनै रोकटोक नहुने बताए । ‘ सरकारले अनलाइन मिडियाहरू पनि बन्द गर्दैछरनियमन गर्दैछ भन्ने हल्ला जुन चलेको छ, त्यो भ्रम हो। संविधानमा दिएको प्रेस स्वतन्त्रताको हक कायम हुन्छ।’

    साथै उनले सरकारले प्रेस काउन्सिलको विधेयक पनि चाँडै आउने बताए। काउन्सिलमा अध्यक्ष कस्तो बनाउने भन्ने विवादलाई समाधान गरेर चाँडै ल्याउने सरकारको तयारी रहेको उनको थियो।

    यस्तै साइबर सेक्युरिटीको विधेयक पनि सरकारबाट पास गरेर आउँदो संसदमा पेश गर्ने सरकारको तयारी गरिहरेको उनले बताए । उनले आमसञ्चार विधेयक पनि तयारीको क्रममा बताउँदै यसले सम्पूर्ण मिडिया हाउस व्यवस्थित हुने र श्रमजीवी पत्रकारहरूको पारिश्रमिक पनि पाउने आशा जगाउने जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार