Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैदेशिक रोजगारबाट भित्रने पुँजी र सिपको सदुपयोग गर्न सरकारले वातावरण बनाउने अर्थमन्त्रीको दाबी


    शुक्रबार, चैत्र २९ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको देशभित्रै सदुपयोग गर्ने वातावरण सरकारले बनाउने बताएका छन्।

    शुक्रबार काठमाडौँमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारण सभामा बोल्दै पौडेलले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई स्वदेशमा नै अधिकतम रूपमा सदुपयोग गर्ने वातावरण बनाइने बताएका हुन्।

    वैदेशिक रोजगारलाई मर्यादित बनाउन कानुन संशोधन लगायतका विषयलाई सरकारले विशेष ध्यान दिने उनले बताए। उनले अन्तर्राष्ट्रिय श्रम बजारमा जाने र फर्कनेको संख्या उत्तिकै रहेकाले फर्कनेहरूले राष्ट्र निर्माणको आधार तय गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार