काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका छन् । कानून समितिको बैठकमा बोल्दै उनले पूर्वराजालाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भन्नेबारे सोध्नुपर्ने बताए ।
परियारले पूर्वराजालाई एउटा नागरिकको हैसियतले यस्तो गर्न पाउनुहुन्छ ? भन्दै सोध्नलाई समितिमै ल्याउनुपर्ने तर्क गरेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको बताए ।
परियारले थपे, ‘हिजो हामीले १०४ वर्षे राणा शासन एउटा जहानियाँ थियो । एउटा परिवारको थियो । तत्कालीन शाहहरू पनि खोपीमा थिए । राजाहरूको अवस्था के थियो एक पटक सम्झियौँ त । त्यसपछि ३० बर्षे एकदलीय पञ्चायती व्यवस्था थियो । राजाले प्रत्यक्ष शासन गर्थे, कति सुशासन र स्थायित्व थियो । त्यो हामी सबैले बुझेका छौँ । राजाको छोरा राजा हुने व्यवस्था थियो । राजाको छोरी राजा हुने व्यवस्था थिएन । बेलायतको जस्तो होइन नेपालको राजतन्त्र, यो कुरा पनि ख्याल गर्नुपर्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend