काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यमाथि राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टीकरण सोधेका छन्। राज्यमन्त्री तामाङले चैत्र २५ गते आयोजना गरेको सिँचाइ दिवस तथा ७२औँ वार्षिक उत्सवको कार्यक्रममा सचिव आचार्यले पदीय मर्यादा विपरीत व्यवहार गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका हुन्।
मन्त्रीको अनुपस्थितिमा प्रमुख अतिथिको भूमिकामा रहेका आचार्यले कार्यक्रम सञ्चालकले मञ्चमा आसन ग्रहणका लागि बोलाउँदा समेत बेवास्ता गरेको र विभागका महानिर्देशक सञ्जीव बरालको पटक–पटकको आग्रहलाई समेत अस्वीकार गरेको आरोप छ। स्पष्टीकरण पत्रमा भनिएको छ, ‘आफू बस्न तयार नभएको’ भन्ने तुच्छ अभिव्यक्ति दिई पदको गरिमा कायम गर्न नसकेको र नेपाल सरकारको सचिव पदको मर्यादालाई धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको भन्दै उनको व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्य पद्धतिमा असर पुगेको उल्लेख छ।
स्पष्टीकरण पत्रमा तीन वटा प्रश्न उठाइएको छ। पहिलो, निजामती सेवा ऐन, २०४९ को दफा ४२९३० विपरीत कार्य किन गरेको रु दोस्रो, विभागीय मन्त्रीको अनुपस्थितिमा प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा पदीय आचरण विपरीत कार्य किन गरेको रु र तेस्रो, निजामती सेवा ऐन, २०५९ को दफा ५९ बमोजिम सजाय किन नगर्नेरु यी प्रश्नको जवाफ २४ घण्टाभित्र पेश गर्न आचार्यलाई निर्देशन दिइएको छ।
साथै, पत्रमा आचार्यले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कुन प्रभाव वा पूर्वाग्रहका कारण कार्यक्रम बहिष्कार गरेको भन्ने प्रश्नसमेत उठाइएको छ। यो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्री र मुख्य सचिवलाई समेत पठाइएको छ।
आचार्य विवादित सचिवका रूपमा चिनिन्छन्। शहरी विकास मन्त्रालयमा काँग्रेसकै मन्त्रीसँगको व्यवहारका कारण उनको सरुवा भएको थियो भने खानेपानी र राष्ट्रिय सतर्कता केन्द्रमा पनि विवादरहित भएर काम गर्न सकेनन्। पछिल्लो समय ऊर्जा मन्त्रालयमा हुने गरेको उटपट्याङ निर्णयहरूमा समेत उनकै सल्लाह रहने गरेको अधिकारीहरू बताउँदै आएका छन्।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend