Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामान्य अंकले घटयो सेयर, कारोबार भने बढ्यो


    बिहिबार, चैत्र २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो ।

    जस अनुसार नेप्से परिसुचक र २६७०.७० विन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको तथ्यांकले देखाएको छ ।

    यसदिन ३२१ कम्पनिका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुदाँ ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ ।

    जसअनुसार बुधबार ४ अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा आज ५ अर्ब ६३ करोड बराबरको कारोबार भयो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार