रौतहट। बारा प्रहरीलाई ठुलो सफलता प्राप्त भएको छ। ट्याक्टरको तेल ट्यांकी भित्र राखेर ठूलो परिमाणमा ब्राउन सुगरको तस्करी गर्ने २ जना भारतीय तस्करलाई बारा स्थित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर ईनरवा पञ्चायत वडा २ का ट्याक्टर चालक बर्ष ३० को टुटु कुमार र सोही ठाउँका बर्ष ३२ को टुटु अंसारी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन्।
विशेष सूचनाको आधारमा २७ गते दिउँसो साढे बजे जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारा स्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।
चेकजाँचको क्रममा तेलको ट्याङ्की भित्र पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको ब्राउन सुगर १५८ ग्राम ९१० मिलि ग्राम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।
बरामद लागुऔषध ब्राउन सुगर, ट्याक्टर सहीत दुवैजना भारतीय नागरिक लाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडी बढाईएको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
अभियान अन्तर्गत प्रहरी ठूलो परिमाणमा लागुऔषध, भन्सार छलीको सामान बरामद गर्नुका साथै दर्जनौं कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend