काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बसेको सचिवालय बैठकले यही वैशाख ४ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकले चितवनबाट सुरू भएको जनयात्राबारे ठोस निर्णय लिनेछ ।
रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरू गरेको थियो । तर, अघिल्लो दिन नै सभापति रवि लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै उच्च अदालत तुलशीपुरले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।
सभापति लामिछाने त्यही दिन पक्राउ परेका थिए । त्यसपछि पनि रास्वपाले जनयात्रा सुरूआत गर्ने कार्यक्रम रोकेन । तर, निरन्तरता भने दिएको छैन । यसबारे आगामी कार्ययोजना केन्द्रीय समितिले नै बनाउने छ ।
रास्वपाले पहिलो महाधिवेशनको समेत तयारी गरेको थियो । गत असोजमा भएको राष्ट्रिय परिषद्को प्रथम भेलाले पहिलो महाधिवेशन वैशाख २५, २६, २७ गते गर्न सुझाव दिएको थियो ।
कार्यतालिका अनुसार अहिलेसम्म ६८ जिल्ला भेला र ५ वटा पालिका समितिको अधिवेशन भएको छ । जसले महाधिवेशन निर्धारित मितिमै गर्न सकस भइरहेका बेला सभापति कारागार चलान भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend