Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • प्रधानमन्त्री ओलीद्वारा ‘अन्तरपार्टी  निर्देशन’ जारी, प्रतिनिधि सभा विघटन चुनौतीपूर्ण निर्णय(पूर्णपाठसहित)


    सोमबार, पुष २७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट समूहलाई १६ पृष्ठको लामो निर्देशन दिएका छन् । ओलीले पुस ११ गते जारी गरेको ‘अन्तरपार्टी  निर्देशन- ६’ मा केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभावलाई जीवन्त राख्नुपर्नेमा जोड दिईएको छ ।

    साथै ओलीले अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा समेत उल्लेख गरेका छन् । सर्कुलरमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई चुनौतीपूर्ण निर्णय भनेका छन् । 

    ‘आन्दोलनको रक्षाका लागि लिनु परेको यस चुनौतीपूर्ण निर्णयको औचित्यबारे सार्वभौम नेपाली जनताले आवश्यक समझदारी राख्ने छन् र उचित फैसला गर्नैछन। उच्च मनोबलका साथ अगाडि बढौँ।’ निर्देशनमा भनिएको छ ।

    सरकारको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजनमा छ ।

    अन्तरपार्टी  निर्देशन- ६ काे पूर्णपाठ हेर्न तल क्लिक गर्नुहाेस ।

    Antar party Nirdesan-6-Final.pdf :To download file click here

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार