Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बनस्थलीमा रास्वपा सचिवालय बैठक जारी


    बुधबार, चैत्र २७ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपाको बैठक केहीबेरदेखि बसिरहेको छ ।

    सभापति रवि लामिछाने कारागार चलान भएपछि रास्वपाको यो पहिलो सचिवालय बैठक हो ।

    बैठकमा सभापति लामिछानेलाई पक्राउ गर्दा भएको धरपकडबारे धारणा तय र पछिल्लो समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

    सचिवालय बैठक बस्नुअघि आजै रास्वपाले मानव अधिकार आयोगमा पुगेर निवेदन दर्ता गराएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्ने बेलामा प्रहरीले अनावश्यक धरपकड गरेर मानव अधिकारको उल्लंघन गरेको रास्वपाको ठहर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार