Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङमा एक वडाध्यक्ष झुण्डिएको अवस्थामा मृत भेटिए


    बुधबार, चैत्र २७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।

    बागलुङका डीएसपी विजय यादवका अनुसार काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् ।

    घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको डीएसपी यादवले जानकारी दिएका छन् ।

    मुचुल्का सम्पन्न पश्चात् शव पोस्टमार्टमको लागि नगर अस्पताल गल्कोट पठाइएको प्रहरीले जनाएको छ ।

    वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको यादवले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार