Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बार मतगणना अपडेट: अध्यक्षमा विजकुमार मिश्रको २२८७ मतले अगाडि


    बुधबार, चैत्र २७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसिएसनको मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षमा प्रा. डा. विजकुमार मिश्रले झन्डै चारहजार मतसहित अग्रता लिएका छन् ।

    मिश्रले अहिलेसम्म तीनहजार ९६४ मत ल्याएका छन् । भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एक हजार ६७७ मतसहित पाएका छन् ।

    श्रेष्ठभन्दा मिश्र २२८७ मतले अगाडी छन् । महासचिवमा मिश्रकै प्यानलका केदार कोइराला अगाडि छन् । उनको तीन हजार ७३९ मत हुँदा प्रतिस्पर्धी यज्ञमणि न्यौपाने एकहजार ५७९ मतसहित पछ्याउँदै छन् ।

    सबै प्रदेशका उपाध्यक्षसहित सदस्यहरूमा मिश्र प्यालनलकै अग्रता छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार