काठमाडौं । नेपालले चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ । नेपालले हमज (बुधबार) हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध ८ विकेटले बिजयी सुरूवात गरेको हो ।
कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । जस अनुसार नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाउन सफल भए । पहिलो विकेटका लागि कुशल र आसिफले ८१ तथा तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरेर नेपाली टोलीलाइ बलियो बनाएका थिए ।
कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिएका हुन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।
कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे भने शहजाद जामिलले ३१, मुजिब उर रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाएका थिए ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिन सफल भए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend