बारा । बाराको पचरौता नगरपालिका- ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडइला बस्ने रामकैलाश यादवले ससुरा नवल राय यादवसँग मिलेर छोरा बनि बंशजको नागरिकता लिएका हुन् ।
रामकैलाशले झुटो विवरणको आधारमा २०६३ फागुन २६ गते नागरिकता वितरण टोलीमार्फत गाउँबाटै बंशजको आधारमा नेपाली नागरिकता हात पारेका थिए । उनले तत्कालिन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा ३३०४९र५०८३ नम्बरको नागरिकता लिएका हुन् । रामकैलाश यादवले भारत र नेपाल दुवै देशको परिचयपत्र बोकेर निर्वाध हिँडडुल गरिरहेको गुनासो स्थानीयले समेत गरेका थिए ।
भारतमा उनको नाममा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधार कार्डसमेत जारी भएको बताइएको छ ।
नक्कली कागजपत्रको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइए पछि पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंह जैसवारले दोषिमाथि कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख जैसवारले पचरौता नगरपालिकाबाट एकजना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिएको पाईएको बताए । एक भारतीय नागरिकले आफ्नो ससुरालाई बुबा बनाएर बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका पाईएको छ नगर प्रमुख जैसवारले भने, ‘नागरिकता टोलीमार्फत रामकैलाशले झुटो विवरणको आधारमा नागरिकताको प्रमाण पत्र लिएका हुदाँ छानबिन गरी दोषिमाथि कडा कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गर्दछु ।’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend