काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनैतिक कर्ययोजना अघि बढाउन विश्व बैंक लगायतको बिकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंक नेपालका प्रतिनिधिसंग सहकार्यका लागि वृहत छलफल गरेका हुन् । श्रम बजारको बिकास बिकास र बिस्तार गर्नु पर्ने आवश्यकता देखिएको बताउदै मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धनका लागि माग, आपूर्ति र श्रम बजार ब्यबस्थापनका सबै क्षेत्रमा रणनैतिक कार्ययोजना तयार गरिरहेको बताए ।
आगामी दशक श्रम तथा रोजगारीको क्षेत्रमा रुपान्तरणको दशक बनाउन दक्ष जनशक्ति बिकास र उपयोगको लागि मानव पूँजि निर्माणमा सरकारले लगानी बिस्तार हुँदै गरेको उनले जानकारी दिए ।
छलफलमा मन्त्रीका श्रम बिज्ञ सल्लाहकार युबराज बस्नेतले मन्त्रालय तथा बिश्व बैंक बीच थप समन्वय सहकार्यको क्षेत्रका सम्बन्धमा प्रस्तुति गरेका थिए । छलफलमा श्रम संसार प्रणालीको स्तरोन्नतिका सम्बन्धमा स्वीस कन्ट्याक्ट्बाट जानकारी लिइएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend