काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि रास्वपाले पार्टीको दिशा तय गर्न बैठक बोलाएको हो।
बैठक चैत २७ गते दिनको ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। बैठकका मुख्य विषयवस्तु अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम रहेको उनले बताए।
यस्तै पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूका सम्बन्धमा पनि नयाँ निर्णय लिन सकिने रास्वपा नेताहरूले बताएका छन्।
गत शुक्रबार रूपन्देही जिल्ला अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै बूढानीलकण्ठस्थित निवासबाट प्रहरी पक्राउ गरेको थियो। उनलाई सोमबार मात्र भैरहवा कारागार पठाइएको छ। यसअघि रवि बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका थिए।
उच्च अदालतले धरौटीमा रिहा गर्न नमिल्ने र थुनामै बस्नुपर्ने आदेश गरेपछि रास्वपामा नेतृत्व र आगामी कार्यक्रमबारे अन्योल उत्पन्न भएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend