Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको सात लाख रकमसहित विराटनगरबाट एक पक्राउ


    सोमबार, चैत्र २५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विराटनगर महनगरपालिका-१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्। वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

    उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ। उनी रकम बोकेर हिँडिरहेका थिए।

    स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार