काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन्। उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ। उनैले जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ।
यसअघि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ। राप्रपा र दुर्गा प्रसाईंले आयोजजना गरेको प्रदर्शन हिंसात्मक बन्दा त्यहाँ दुई जनाको ज्यान गएको छ। प्रदर्शनकारीले व्यक्तिका घरमा तोडफोड तथा आगजनी गरेका थिए।
पछि प्रहरीसहित सरकारी गाडी, व्यक्तिका गााडी आगजनी गरेका थिए। विभिन्न ठाउँका सीसीटीभी तोडफोड गरेका उनीहरुले भाटभटेनी कम्प्लेक्समा लुटपाट गरेका थिए। यी घटनामा प्रहरीले ७० बढीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री समेत रहेका सांसद धवल शमशेर राणा पनि हिरासतमा छन्। तर यो प्रदर्शनका कमाण्डर तोाकिएका दुर्गा प्रसाईं भने फरार छन्।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend