Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै


    सोमबार, चैत्र २५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

    आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भुमिकाको बारेमा अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ‘ब्रीफिङ’ हुने बताईएको छ ।

    तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाईको बारेमा समेत छलफल हुनेछ । राप्रपा नेपालले तिनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाइ रिहाई गर्नुपर्ने धारणा यस अघि नै सार्बजनिक गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार