Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक २० लाख ९२ हजार नगदसहित पक्राउ


    शुक्रबार, चैत्र २२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा– ३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया रिक्से वाङमोलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौं महानगरपालिका–२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार