Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै


    आइतबार, पुष २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक बिहान ११:३० बजे बस्न लागेको र नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए ।

    मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकाे छ । राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

    राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गरिएको थियो । स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार