Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कुलमान र हितेन्द्रदेवको रिट सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा


    मंगलबार, चैत्र १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

    रिटको सुनुवाइ बुधबार हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

    आज मंगलबार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। आज अन्य सबै निवेदन हेर्न नभ्याइनेमा राखेर घिसिङ र शाक्यको रिटमा केन्द्रित भएर सुनुवाइ गरिएको थियो। घिसिङ र शाक्यको रिट यसअघि आइतबार पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार