काठमाडौं । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा उक्त मात्रामा गाँजा बरामद गरिएको हो ।
पहाडी जिल्लाबाट लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिए । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा ट्रकको हुटमाथि प्लाष्टिकमा बेरिएको दुई क्विन्टल ३५ किलो गाँजा बरामद गरिएको थियो ।
गाँजासँगै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । यसअघि यही चैत ३ गते सोही ठाउँमा सिन्धुलीबाट बर्दिबासतर्फ आइरहेको बा३ख ५८३२ नम्बरको ट्रक जाँचका क्रममा ५४७ किलोग्राम गाँजा बरामद गरिएको थियो । चालक सिन्धुपाल्चोकको बाह्रबिसे–७ का ३७ वर्षीय सलिन मगरलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।
यस्तै ब्यूरोको टोलीले चैत ८ गते ढल्केबर जनकपुर सडकखण्डको लक्ष्मीनियाँचोकमा मधेस प्रदेश–०३–००२–ख २५२० नम्बरको ट्रक जाँचका क्रममा पाँच क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो । यस क्रममा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिन्तानलाई पक्राउ गरी आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।
पहाडी जिल्लाबाट ठूलो परिमाणमा गाँजाको ओसारपसार हुँदै आएको छ । गाँजा तस्करले महोत्तरीको बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएका छन् । बर्सेनि बर्दिबास सेरोफेरोबाट ठूलो परिमाणमा गाँजा बरामद गरिँदै आएको छ । भरिया र चालक पक्राउ परेपनि मुख्य कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend