काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (चैत १९ गते) थाइल्यान्डको औपचारिक भ्रमणका लागि जाँदै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो साढे १ बजे काठमाडौँबाट बैंकक प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा उनीसमेत १९ सदस्य रहनेछन्।
जसमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, प्रमुख सेनानी, प्रधानमन्त्रीका पार्श्ववर्ती दिवाकर खड्का, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा। युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई छन्।
यस्तै थाइल्यान्ड भ्रमण टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा। डा। दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालय, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाका सहसचिव तापस अधिकारी, क्षेत्रीय सहयोग संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाकी अम्बिका जोशी, क्षेत्रीय सहयोग संगठन महाशाखाका उपसचिव विवेक रिजाल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, राससका वरिष्ठ संवाददाता प्रकाश सिलवाल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत प्रहरी निरीक्षक कृष्ण खड्का, नेपाल टेलिभिजनका क्यामेरामेन सुदीप बुढाथोकी, प्रधानमन्त्रीका निजी फोटोग्राफर दिनेश भण्डारी, प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह रहनेछन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार १९ सदस्यीय भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १स्३० बजे थाई एयरलाइन्स चढी बैंकक प्रस्थान गर्नेछ।
प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण चैत २० गते सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
द्विपक्षीय वार्तापछि थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रासँग प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। अनि थाइल्यान्डका नरेशसँग भेट गर्नेछन्।
चैत २१ गते बिहान प्रधानमन्त्री ओलीले त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
त्यही साँझ प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोनजना गरिने रात्रिभोजमा सहभागी हुनेछन्।
चैत २२ गते प्रधानमन्त्रीले बिमेस्टक शिखर सम्मेलनमा सम्बोधन गर्नेछन्।
सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन्। यसपछि सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend