काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनदेखि लगातार बढेको सुन आज पनि प्रतितोला १८ सय बढेर हालसम्मकै उच्च भएको हो ।
हिजो (सोमबार) १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुग्यो । सोमबार ११ सय बढेर १ लाख ७७ हजार ९ सय पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार प्रतितोला दुई हजार ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend