Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इदमा सुनसरीको मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जलेर नष्ट


    मंगलबार, चैत्र १९ २०८१
    885
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसो हरिनगर गाउँपालिका-५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् । यो टोलमा मुस्लिम समुदायको बसोबास छ ।

    इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ को दिन आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार हरिनगरा गाउँपालिका(५ का सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, इम्तयाज मियाँ, अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, इरफान मियाँ, कैसर आलम, पैयाज आलमको घर अन्नपात, लताकपडा र नगद जल्दा ३१ लाख ४९ हजार बराबर क्षति भएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार