Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद धवलशमशेर पक्राउबारे सभामुखले गराए सदनलाई जानकारी


    सोमबार, चैत्र १८ २०८१
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद धवल शम्शेर राणा पक्राउ परेकोबारे संसदलाई जानकारी गराएका छन् ।

    राजावादीको प्रदर्शनमा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा राणा पक्राउ परेको सूचना संसद सचिवालयलाई आएको भन्दै सभामुखले प्रतिनिधिसभा नियमावली अनुसार सदनलाई जानकारी गराएका हुन् ।

    संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार काठमाडौं प्रहरी परिसरले शनिबार सांसद पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको थियो ।

    शुक्रबार तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने करोडौँको निजी तथा सरकारी सम्पत्तिमाथि तोडफोड तथा आगजनी गरिएको थियो ।

    सांसद राणाले सो प्रदर्शनलाई हिंसात्मक बनाउन भूमिका खेलेकाले प्रहरीले मतियारका रूपमा पक्राउ गरेको हो । राणालाई प्रहरीले फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार