काठमाडौं । सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका- ५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल (४५ वर्ष) र भारत बिहारका सुनिल शर्मा (२९ वर्ष) रहेका छन्।
२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारामा उनको शव चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend