Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने


    आइतबार, चैत्र १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् ।

    राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफु नजरबन्दमा रहेको भन्दै अबको कार्यबाहक नेतृत्व गुरुङले गर्ने जानकारी दिएका हुन् ।

    उनले विज्ञप्तिमार्फत आन्दोलन जारी राख्न सम्बन्धित दल, संघसंथाहरु र सम्पूर्ण राजावादी समर्थकलाई आह्वान समेत गरेका छन् । शुक्रबार भएको राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु तथा आगजनी र तोडफोड भएपछि उनलाई घरमै नजरबन्दमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार