Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंका यी पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी


    शुक्रबार, चैत्र १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

    आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

    राजावादी प्रदर्शनमारीहरुले तीनकुनेको एक घरमा आगजनी गरेका छन् भने कोटेश्वरको पेरिसडाँडामा एक सरकारी गाडी र बाइकमा आगजनी गरेका छन् ।

    त्यसेगरी अन्नपुर्ण पोष्टको केन्द्रिय कायालय, एकीकृत समाजवादी पार्टीको केन्द्रिय कायालय, र कोटेश्वर भाटभटेनी सुपर मार्केटमा पनि तोडफोड र आगजनी गरेका छन् । सो स्थितलिाई नियनत्रणमा लीन प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गर्दै कफ्यु आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार