Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजावादीहरुको प्रदर्शनको क्रममा तीनकुनेको एक घरमा आगो लाग्यो


    शुक्रबार, चैत्र १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक व्यक्तिको घरमा आगलागी भएको छ । राजावादीको कार्यक्रमस्थल नजिकै रोयल ब्याङ्क्वेट सँगै जोडिएको घरमा आगलागी भएको हो ।

    राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । आगो बलेर धुवाँको मुस्लो निस्किएको धेरैबेरपछि मात्र आगो निभाउन दमकल पुगेको प्रत्यक्षदर्शीले बताए ।

    राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि तिनकुने क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ भने पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ ।

    प्रहरीले माइकिङ गर्दै संयमित हुन आह्वान गरिरहेको छ । रमिता नहेर्न र आ-आफ्नो घर जान भनिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार