Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउले आज फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    शुक्रबार, चैत्र १५ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार ४ सय रुपैयाँ बढेर सुनको मूल्यले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो।

    सुनको भाउ आज प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो। यसअघि यही चैत ६ गते सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेर घटेको थियो।

    हिजो सुनको भाउ प्रतितोला एक हजार ३ सय रुपैयाँ बढेर एकलाख ७४ हजार ८ सय रुपैयाँ पुगेको थियो।

    महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज तोलाको दुई हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार