काठमाडौं । मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन् । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट उद्धार गरेको छ ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीका अनुसार मार्च २४ गते अमेरिकन महिला अपहरणमा परेकी थिइन् ।
ती महिलालाई हेटौंडा पुर्याएर लामाले तीन लाख रुपैयाँ युरो मागेकी थिइन् । अमेरिकी दूतावासले उक्त सूचना दिएपछि कास्की प्रहरी, मकवानपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानमा जुटेको थियो ।
मंगलबार दूतावासले प्रहरीलाई खबर गरेको थियो। जिसीका अनुसार लामाले महिलालाई होटलबाट सोमबार अपहरण गरेकी थिइन्। महिला साथीहरूसँग मुक्तिनाथ घुम्न आएकी थिइन् ।
‘पीडितलाई बन्धक बनाएर फिरौती रकमको बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले फेला पारेर मुक्त गरी अपहरणमा संलग्नलाई पक्राउ गरेको हो,’ जिसीले भने ।
अपहरणमा संलग्न महिलालाई जिल्ला अदालत कास्कीबाट बुधबार अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend