Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सेन्टर प्लाजामा आगलागी, फसेकाहरुको उद्दार गर्न हेलिकप्टर पठाइयो


    बुधबार, चैत्र १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इटहरी । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् ।

    माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।

    आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन ।

    इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट आज बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार