Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित


    बुधबार, चैत्र १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए ।

    तर, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित छैनन् । प्रधानमन्त्री सत्ता गठबन्धन बैठकमा बालुवाटारमा थिए।
    विपक्षी दलहरूले उठेर विरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार