Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात


    बुधबार, चैत्र १३ २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

    गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा  १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।

    चालु आवका आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा  पाँच अर्ब ८० करोड १८ लाख राजस्व संकलन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार