काठमाडौँ । नेकपा ( माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन काठमाडौँमा हुने भएको छ । केही दिन अघि बसेको सेन्टरको पदाधिकारी बैठकले यही चैत १६ र १७ गते काठमाडौँको थापा गाउँमा रहेको काठमाडौँ ब्यांकेटमा गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले गरेका निर्णय सेन्टरले संगठनका पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला समिति र शाखा अध्यक्षलाई परिपत्र गर्दै महाधिवेशनको मिति र स्थलबारे संगठनको केन्द्रीय समितिको बैठकबाट तय गरिएको जानकारी गराएको हो । महाधिवेशनको पूर्वप्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ ।
महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने आर्थिक व्यवस्थापनको लागि प्रत्येक प्रदेशका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र केन्द्रीय पदाधिकारी सहितको टीमले एक हप्ताको आर्थिक संकलन अभियान चलाउने निर्णय गरेको संगठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्न आफ्नै खुट्टामा उभिने योजना कार्यान्वयन गर्न सबै पदाधिकारी तथा केन्द्रीय सदस्यले स्वेच्छीक आर्थिक रकम सहयोग गर्ने निर्णय पनि भएको छ ।
बैठकले लेवी र नवीकरण शुल्क भुक्तानी नभएको अवस्थामा महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गरेको छ भने महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिले अनिवार्य रूपमा प्रवेश शुल्क बुझाउने व्यवस्थालाई कार्यान्वयन गर्ने निर्णय भएको छ । महाधिवेशनमा केन्द्रीय समिति, प्रदेश समितिका पदाधिकारी, शाखाका अध्यक्ष सहित छनौट भएका प्रतिनिधि गरेर ८५० जना सहभागी हुने जनाइएको छ ।
बैठकले संगठनका पूर्व अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति र संस्थापक खिलबहादुर भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।
महाधिवेशनमा ८ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले २९ सदस्यीय पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ भने १५ सदस्यीय नीति तथा परामर्श समिति, ७ सदस्यीय अनुशासन समिति र ७ सदस्यीय लेखा समिति समेत चयन गर्नेछ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend