Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा एक महिला झुण्डिएको अवस्थामा मृत भेटिइन्, श्रीमानको अवस्था पनि गम्भीर


    मंगलबार, चैत्र १२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कनकाई । झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक जना महिना मृत अवस्थामा फेला परेकी छन् । उनका श्रीमान् पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ बस्दै आएकी ४० वर्षीय मनिषा मग्रान्ती झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । त्यहाँ खुकुरी प्रहार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) राधाकृष्ण दाहाल नेतृत्वको टोली पुगेको थियो ।

    त्यसक्रममा उनका श्रीमान् अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की पनि घाँटीमा चोट लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तत्काल घटनास्थललाई सुरक्षित गरेर थप जाँचका लागि उनलाई अस्पताल पठाइएको थियो ।

    प्रहरीका अनुसार, मग्रान्ती सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने पछि पासो खोलेको जस्तो देखिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार