काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दैछ । एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल हुँदैछ ।
बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।
पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । गत १० माघमै आठ केन्द्रिय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । जो अहिले बोलाइएको हो ।
यस्ता छन् बैठकका एजेन्डा
१.नियमित साधारण सभा सम्बन्धमा
२. आ।व २०८१/०८२ वार्षिक कार्यक्रम तथा बजेट बारे
३.२०८०/८१ लेखा परीक्षण प्रतिवेदन बारे
४.२०८१/०८२ को लेखा परीक्षकको नियुक्ति बारे
५. मिडिया मार्केटिङको एजेन्सी नियुक्ती बारे
६. पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्ने बारे
७. फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्ने बारे
८. संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउने बारे
९. संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृत बारे
१०. सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौट बारे
११. महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी बारे
१२. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा
१३. एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा
१४. खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा
१५. निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति बारे
१६. विविध ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend