Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक आपासमा मोटरसाइकल ठोक्किदा दाङमा एक जनाको मृत्यु


    शनिबार, चैत्र ९ २०८१
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । एकाबिहानै दुई मोटरसाइकल एक आपासमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार यसरी दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेका छन ।

    दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारमा लगिएको तर उनको उपचारको क्रममा निधन भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–१६, गुर्जे खोलामा ठोक्किन पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार