Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक वर्षभित्र देशका ५७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउँछौँ: खानेपानीमन्त्री


    शुक्रबार, चैत्र ८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अबको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन् ।

    शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुराउन सफल भएको भन्दै आगामी एक वर्षभित्रमा ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् । उनले यसका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले आगामी आर्थिक वर्षको बजेटमा स्वच्छ खानेपानीका लागि विशेष व्यवस्था मिलाउने जानकारी दिए ।

    मन्त्री यादवले तराई मधेशमा सुख्खा मौसममा देखिने खानेपानी समस्या समाधान गर्नका लागि डिप ट्युवेलमार्फत् खानेपानी आपूर्ति बनाउने योजना कार्यान्वयनमा रहेको बताए । यसका लागि सम्बन्धित खानेपानी आयोजना कार्यालयहरूबाट डिप ट्युवेल निर्माणको कार्य अघि बढेको उनको भनाइ छ ।

    मकवानपुरको राप्ती खोलाका साथै सुनकोशी डाइभरर्सनबाट समेत खानेपानीको आपूर्ति गर्नका लागि डिजाइनको प्रक्रिया अघि बढेको उनले उल्लेख गरे । मन्त्री यादवले झापादेखि महेन्द्रनगरसम्मका अधिकांश जिल्लामा २०० भन्दा बढि खानेपानी ट्याङ्की बनेर तयार भएपनि सञ्चालनमा आउन नसकेको बताउँदै मन्त्रालयले सहजीकरण गरेर त्यसलाई सञ्चालनमा ल्याइने सुनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार