Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एक लाख ५० हजार नगदसहित टोखाबाट १९ जना जुवाडे पक्राउ


    बिहिबार, चैत्र ७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। टोखावाट १९ जना जुवाडे पक्राउ परेका छन् ।

    टोखा नगरपालिका–३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं, टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा थप ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुकतास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार