Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने


    बिहिबार, चैत्र ७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष पनि नेपालले आयोजना गर्ने भएको छ ।

    काभाले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आगामी अक्टोबर ११ देखि १७ सम्म, काठमाडौंमा हुनेछ। नेपालले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो ।

    नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । अहिले फेरी नेपालले काभा महिला च्याम्पियन्स लिग–२०२५ आयोजना गर्ने जिम्मेवारी पुनः प्राप्त गरेको हो । यो प्रतियोगिता डिसेम्बर ७ देखि १४ सम्म हुनेछ ।

    नेपालले यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार