Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • २५ करोड बरामद प्रकरणबारे छानबिन गर्न विशेष समिति बनाउन माओवादीको माग


    बुधबार, चैत्र ६ २०८१
    780
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले २५ करोड बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भएकाले निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

    उनले भने, ‘हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन। यो सरकारप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। संगठिन अपराधको जालो कुन रूपमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र आएको छ। यो घटनामा प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन।’

    अहिलेसम्म भरिया र ड्राइभर मात्रै पक्राउ गरेर ठूलो काण्ड डिसमिस पार्ने गरिएको भन्दै राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण गरेर जोसुकै भए पनि कारबाही गर्न माग गरेका छन्।

    हिजो २५ करोडसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा पक्राउ परेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार