Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    बुधबार, चैत्र ६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार