काठमाडौँ । सांसद बेदुराम भुसालले गणतन्त्रको विकल्प गणतन्त्र मात्र भएको बताएका छन् । उनले गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन नसक्ने उल्लेख गरे । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भुसालले संविधानले निर्देश गरेको समाजवादी गणतन्त्र भएकाले त्यही दिशामा अगाडि बढ्ने योजनासहित जान सक्नुपर्ने बताए ।
उनले भने, ‘समाजवादको दिशामा संविधानको लक्ष्यअनुसार जानुपर्छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पर्याप्त मात्रामा काम गर्न सकिएको छैन । प्रगति छ तर पर्याप्त छैन ।’ सांसद भुसालले कृषि, उद्योग, पर्यटन र ऊर्जा तथा पूर्वाधारका क्षेत्रमा ठूला-ठूला मेगा प्रोजेक्ट सुरु गरेर रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘विकास र रोजगारीका निम्ति अभियान सुरु गरौँ । संविधानमा कहाँ-कहाँ समस्या छ पुनरवलोकन गरौँ ।’ विशेष समयमा सांसद मोहम्मद खालिदले सरकारको समावेशी सिद्धान्तको व्यवस्थामा थारु र मुस्लिम समुदाय अटाउन नसकेको बताए । उनले भने, ‘राज्य सत्ता सञ्चालनमा थारु र मुस्लिमको उपस्थिति न्यून रहेको तथ्याङ्कले देखाएको छ ।’
सांसद डा। अन्जान शाक्यले नेपालको अर्थतन्त्र बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय बजारमा परम्परागत वस्तुभन्दा उत्पादनको साङ्लो निर्माण गर्ने निकासी प्रवद्र्धन गर्नसक्ने वस्तुको उत्पादन तथा उत्पादकत्वमा जोड दिनुपर्दछ ।’ उनले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै यी कुरालाई अध्यादेशले पनि सम्बोधन गर्न खोज्नु राम्रो भएको बताए ।
सांसद शाक्यले भने, ‘कर्मचारीले तलबको साथै लाभांस प्राप्त गर्दा करको व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक छ । राज्यले तलबमा कर लिने व्यवस्था छ । तर शेयरबाट प्राप्त हुने आयमा कर कसरी लगाउने भन्ने विषयमा ऐन मौन छ । यस विषयमा तत्काल संशोधन गरी स्पष्टता दिन आवश्यक छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend