Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन: सांसद सिटौला


    सोमबार, चैत्र ४ २०८१
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

    राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताए। उनले भने, ‘संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ रु सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।’

    सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटि वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ ।’

    द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्गाउनुपर्ने सांसद सिटौलाले बताए। उनले भने, “छिटो न्याय दिन आवश्यक छ । हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायौँ । अब मिलेर समस्या समाधान गर्नुपर्छ ।” परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उनले सबै एकताबद्ध भएर उभिने बेला आएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार