काठमाडौँ । सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेको छ ।
गृह मन्त्रालयका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोदानन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो ।
यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ । भ्रष्टाचार ठहर भई सम्पत्ति जफतको फैसला भएका उल्लेखित सम्पत्ति जफत गर्ने प्रक्रिया अगाडि बढाउन लागेको छ । तर सरकारले कांग्रेसका नेता तथा पूर्वमन्त्री स्व. खुमबहादुर खड्काको सम्पत्ति भने जफत नगर्ने भएको छ ।
स्व. खड्काको ललितपुर सानेपास्थित डेढ रोपनी जग्गा र घर जफत गर्न सर्वोच्च अदालतले २०६९ मै आदेश दिएको थियो । १२ बर्षअघि फैसला भए पनि स्व. खड्काको घर जफत गरिएको थिएन । चौतर्फी दबाबपछि सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्न जफत गर्ने निर्णय गरेको छ । तर स्व. खड्काको घर जग्गा भने गृहमन्त्री रमेश लेखकको दबाबमा जफत गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि गृहमन्त्रालय कानून महाशाखाका प्रमुख सह–सचिब भरत मणि रिजालले पठाएको प्रस्तावमा खड्काको नाम छैन । गृहमन्त्री लेखककै दबाबमा रोकिएको बताइएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend