Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • पाँच प्रशासकको सम्पत्ति जफत हुने, गृहमन्त्रीको दबाबमा स्व. खुमबहादुरको सम्पत्ति जफत नगरिने


    सोमबार, चैत्र ४ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेको छ ।

    गृह मन्त्रालयका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोदानन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो ।

    यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ । भ्रष्टाचार ठहर भई सम्पत्ति जफतको फैसला भएका उल्लेखित सम्पत्ति जफत गर्ने प्रक्रिया अगाडि बढाउन लागेको छ । तर सरकारले कांग्रेसका नेता तथा पूर्वमन्त्री स्व. खुमबहादुर खड्काको सम्पत्ति भने जफत नगर्ने भएको छ ।

    स्व. खड्काको ललितपुर सानेपास्थित डेढ रोपनी जग्गा र घर जफत गर्न सर्वोच्च अदालतले २०६९ मै आदेश दिएको थियो । १२ बर्षअघि फैसला भए पनि स्व. खड्काको घर जफत गरिएको थिएन । चौतर्फी दबाबपछि सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्न जफत गर्ने निर्णय गरेको छ । तर स्व. खड्काको घर जग्गा भने गृहमन्त्री रमेश लेखकको दबाबमा जफत गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

    पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि गृहमन्त्रालय कानून महाशाखाका प्रमुख सह–सचिब भरत मणि रिजालले पठाएको प्रस्तावमा खड्काको नाम छैन । गृहमन्त्री लेखककै दबाबमा रोकिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार